अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३८ | Colorodo: 12:53

साउदी राजकुमार सलमान भारत भ्रमणमा

बिआरटीनेपाल २०७५ फागुन ७ गते ८:४९ मा प्रकाशित

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान दुई दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुग्नुभएको छ । एसिया भ्रमणमा निस्केका राजकुमार सलमान पाकिस्तानलाई २० अर्ब डलर सहयोगको घोषणापछि भारत जानुभएको हो । पछिल्लो समय भारत र पाकिस्तानबीच तनाब चुलिएका बेला उहाँ यी मुलुकको भ्रमणमा हुनुहुन्छ ।

पाकिस्तानबाट भारत आइपुग्नु अघि रियादले राजकुमार सलमानले दुई मुलुकबीचको तनाव साम्य पार्न प्रयास गर्ने जनाएको थियो । साउदी विदेशमन्त्री अदेल अल जुबेरले साउदी अरबको लक्ष्य भारत पाकिस्तानबीच रहेको तनाव साम्य पार्ने प्रयास गर्नु र शान्तिपूर्ण ढङ्गबाट विवाद समाधान गर्न सकिने मार्ग पहिल्याउने प्रयास रहेको बताउनुभएको छ ।

गत हप्ता भारत प्रशासित कश्मीरमा भएको आत्मघाती आक्रमणमा ४६ जना भारतीय सुरक्षाकर्मी मारिएको घटनामा भारतले पाकिस्तानमाथि दोष लगाएको छ । पाकिस्तानले भने आरोप अस्वीकार गरेको छ । सन् १९४७ मा विभाजन भएदेखि नै भारत र पाकिस्तानबीच कश्मीरबारे विवाद जारी छ । दुवैले कश्मीर आफ्नो भएको दाबी गर्दै आएका छन् ।

गत अक्टोबरमा साउदी पत्रकार जमाल खशोग्जीको टर्की्स्थित वाणिज्य दूतावासमा हत्या भएपछि युवराज सलमानको अन्तर्राष्ट्रिय छवि बिग्रिएको छ । हत्यामा सलमानको संलग्नता रहेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू