अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५७ | Colorodo: 17:12

मनकामना मन्दिर पुनःनिर्माणमा लागि २५ लाख सहयोग

बिआरटीनेपाल २०७५ फागुन ७ गते ८:४३ मा प्रकाशित

गोरखाको चर्चित धार्मिक स्थल मनकामनाको मन्दिर पुनःनिर्माणका लागि प्राइम बैंकले नगद २५ लाख सहयोग गरेको छ । महाभुकम्पले क्षति पुगेको मनकामना माईको मन्दिर पुनःनिर्माणका लागि बैंकले आज २५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

बैंकले कार्यक्रमको आयोजना गरि बैंकका अध्यक्ष उदयमोहन श्रेष्ठ र नायब महाप्रबन्धक भाइराजा श्रेष्ठले संयुक्त रुपमा मनकामना मन्दिर जिणोद्वार समितिका अध्यक्ष नरेन्द्रबाबू श्रेष्ठलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको बैंकका मनकामना शाखा प्रबन्धक बुद्धिलाल श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू