अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२५ | Colorodo: 14:40

निर्वाचन प्रक्रियालाई मतदातामैत्री बनाउनुपर्छ – राष्ट्रपति भण्डारी

बिआरटीनेपाल २०७५ फागुन ७ गते ८:४० मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन प्रक्रियालाई मतदातामैत्री बनाउनुपर्ने बताउनुभएको छ । तेस्रो निर्वाचन दिवसका अवसरमा निर्वाचन आयोगले मंगलबार राजधानीमा गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले निर्वाचन प्रक्रियालाई अझ सरल बनाउँदै मतदातामैत्री बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोलल्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहमा ९४१ पद रिक्त रहेको भन्दै ती स्थानमा उपनिर्वाचन गराउने तयारीमा आयोग रहेको उल्लेख गर्नुभयो । सो अवसरमा आयोगमा २० वर्षभन्दा बढी काम गर्ने पाँचजना कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू