अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२० | Colorodo: 08:35

ह्वाइट हाउसले भन्यो – अमेरिका, चीन व्यापार वार्ता मंगलबारदेखि

बिआरटीनेपाल २०७५ फागुन ७ गते ८:३८ मा प्रकाशित

संयुक्तराज्य अमेरिका र चीनबीच करवृद्धिको विवाद अन्त्य गर्नेगरी व्यापार वार्ता वासिंटनमा मंगलबारदेखि सुरु हुने ह्वाइट हाउसले घोषणा गरेको छ । बेइजिङमा यसअघि भएको वार्ता विनासहमति टुंगिएको थिया े। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता ’अत्यन्त सकारात्मक’ रूपमा अघि बढेको बताउँदै आगामी मार्च १ तारिखको समयसीमा बढाउन आफू तयार रहेको जानकारी गराउनुभएको थियो । मंगलबारदेखि हुने वार्तामा अमेरिकी टोलीको नेतृत्व व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले गर्नुभएको छ भने वार्तामा अर्थमन्त्री स्टिफेन मचिन, वाणिज्यमन्त्री विल्बर रोस, आर्थिक नीति सल्लाहकार ल्यारी कड्लो तथा व्यापार सल्लाहकार पिटर नाभारो सहभागी हुनुहुनेछ ।

चीनको वाणिज्य मन्त्रालयले चिनियाँ पक्षको नेतृत्व उपप्रधानमन्त्री लिऊ हेले गर्नुभएको छ । गत शुक्रबार राष्ट्रपति ट्रम्पले वार्तामा सकारात्मक नतिजा आउने सम्भावना देखिए २०० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा तत्कालै २५ प्रतिशत करवृद्धि नगरिने दोर्होयाउनुभएको छ ।

अमेरिकी प्रविधि चोरी भएको, चिनियाँ बजार पश्चिमा मुलुकका लागि पर्याप्त रुपमा खुला नभएको तथा चीनले अमेरिकी रोजगार खोस्न चिनियाँ कम्पनीलाई बढी छुट र अनुदान दिएको अमेरिकाले आरोप लगाउँदै आएको छ। विश्व अर्थतन्त्रमा पहिलो र दोस्रो स्थानमा रहेका अमेरिका र चीनबीचको व्यापार युद्धले विश्व आर्थिक वृद्धि र बजारमा ठूलै हलचल ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू