अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०५ | Colorodo: 09:20

निर्मला हत्या प्रकरण – ’भेजाइनल स्वाब’को नमुना अमेरिका पठाइँदै

बिआरटीनेपाल २०७५ फागुन ७ गते ८:३७ मा प्रकाशित

निर्मला पन्तको डिएनए वैधानिकताका लागि ’भेजाइनल स्वाब’ अमेरिका पठाइने भएको छ। उच्च प्रहरी स्रोतका अनुसार डिएनएको वैधानिकता परीक्षणका लागि भेजाइनल स्वाबको नमुना अमेरिका पठाइनेबारे आवश्यक प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको हो । डिएनको वैधानिकताबारे प्रश्न उठेपछि प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट निर्मलाको योनीबाट निकालिएको भेजाइनल स्वाब जाँच गर्दा प्रयोग भएको ‘इलेट्रोफेरोग्राम’अमेरिका पठाइन लागेको हो ।

यसअधि प्रहरीले निर्मलाको योनीबाट निकालिएको भेजिनल स्वाब निकै कम भएकाले त्यसको संरक्षण गर्न नसकिएको बताउँदै आएका थिए । तर, विज्ञहरूले भेजाइनल स्वाब सुरक्षित नराख्नु प्रहरीको गम्भीर गल्ती भएको जनाएका छन् । राष्ट्रिय मानव अधिकार आयोगलेसमेत डिएनएको वैधानिकतामाथि प्रश्न उठाउँदै सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

निर्मलाको बलात्कारपछि हत्या भएको लामो समय बितिसक्दा पनि प्रहरीले अझै अपराधी पत्ता लगाउन सकेको छैन् । हाल महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले कञ्चनपुरमै बसेर अनुसन्धान गरिरहेको छ । निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू