अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०० | Colorodo: 00:15

१७ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी पुरा, पुरस्कार राशी वृद्धि

बिआरटीनेपाल २०७५ फागुन ७ गते ८:२८ मा प्रकाशित

मोफसलको चर्चित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको १७ औं संस्करणको पुरा भएको आयोजकले जनाएको छ । फागुन ९ देखि १८ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक सहारा क्लवले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । प्रतियोगितामा ए डिभिजनका क्लबहरु, विभागीय टिम, विदेशी टिम र आयोजक गरि १० टिमको सहभागिता रहने सहारा क्लबले जनाएको छ ।

प्रतियोगितामा मनाङ्ग मस्र्याङ्गदी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल ए. पि. एफ. क्लब, नेपाल पुलिस क्लब, धरान फुटबल क्लब, सुनसरी, युनाईटेड सिक्किम फुटबल क्लब, भारत, थ्रिस्टार क्लब, डफिन्स फेमिलि टिम फुटबल क्लब, क्यामरुन, हिमालयन शेर्पा क्लब र आयोजक सहारा क्लब पोखराले प्रतिष्पर्धा गर्ने आयोजक सहारा क्लवका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयो ।
“खेलकूदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्देश्यका साथ सञ्चालन हुने १७ औं संस्करणमा प्रथम र दोश्रो पुरस्कारको धनराशी वृद्धि गरि क्रमशः रु. ८ लाख १ हजार र रु. ४ लाख १ हजार रुपैयाँ प्रदान गरिने भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्लबले जनाएको हो । यसअघि प्रथम पुरस्कारको राशी ७ लाख १ हजार र दोस्रो पुरस्कारको राशी ३ लाख १ हजार रहेको थियो ।

राष्ट्रिय स्तरका खेलाडीहरु मध्येबाट सम्मानित गर्ने निर्णय भए अनुसार २०७४ साल भरिमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी १ जनालाई “सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७५” बाट एक जना खेलाडीलाई क्लबले सम्मान गर्नेछ । उक्त प्रतियोगिता बाट बचत रकमले विपन्न वर्गका बालकहरु सम्मिलित सहारा फुटबल एकेडेमीमा खर्च गर्ने क्लबले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू