अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०४ | Colorodo: 00:19

भारतीय सेनाको पत्रकार सम्मेलन, ‘आफ्ना भड्किएका सबै सन्तानहरुलाई आत्मसमर्पण गर्न लगाउनुस्’

बिआरटीनेपाल २०७५ फागुन ७ गते ८:२४ मा प्रकाशित

भारत प्रशासित जम्मु–कश्मिरको पुलवामा गत बिहीबार चरपन्थी आक्रमणमा ४० सुरक्षाकर्मीको मृत्युपछि भारतीय सेनाले पहिलोपटक पत्रकार सम्मेलन गरेको छ । मंगलबार गरिएको पत्रकार सम्मेलनमा लेफ्टिनेन्ट जनरल केजेएस ढिल्लनले ‘आफ्ना भड्किएका सबै सन्तानहरुलाई आत्मसमर्पण गर्न लगाउन’ कश्मिरका सबै आमासँग अपिल गर्नुभयो ।

उहाँले आत्मसमर्पण गर्न सम्झाउन आग्रह गर्दै नत्र बन्दुक चलाउने उनीहरु सबै मारिने स्पस्ट पार्नभयो । लेफ्टिनेन्ट जनरल ढिल्लनले सोमबार पुलवामाको मुठभेडमा तीन आंकककारी मारिएको जानकारी समेत दिनुभएको छ । ढिल्लनले बिहीबार पुलवामा भएको भीषण आक्रमणबारे छानबिन भइरहेको बताउनुभयो । भारतीय सेनाले कश्मिरमा जैश–ए–मोहम्मदको पूरै नेतृत्व समाप्त भएको जिकिर समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू