अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०९ | Colorodo: 09:24

हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई राप्रपाको ज्ञापन पत्र

बिआरटीनेपाल २०७५ फागुन ७ गते ८:२२ मा प्रकाशित

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले मुुलुकलाई हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । आज राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने लगायतका माग राखि प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापन पत्रमा धर्म निरपेक्षताको तत्काल खारेजी गर्न र राजसंस्थासहितको प्रजातन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन आयोजना गर्न पनि सरकारसँग माग गरिएको छ । हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने लगायतमा माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको पार्टीका अध्यक्ष कमल थापाले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र कायमै गर्न सरकारलाई दवाव दिनभन्दै मंगलबारबाटै जनसंघर्षका कार्यक्रम पनि घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू