अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५० | Colorodo: 20:05

एनआरएनए अमेरिका: कोलोराडो च्याप्टरको अध्यक्षमा आर सी पन्तको उम्मेदवारी घोषणा

बिआरटीनेपाल २०७५ फागुन ६ गते २३:४२ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाको आगामी कार्यकालका लागी कोलोराडो च्याप्टरको अध्यक्षमा आर सी पन्तले उम्मेदवारी दिने भएका छन् । उनी कोलोराडो च्याप्टरको वर्तमान कार्य समितिमा सचिव पदमा छन् । सबैलाई मिलाएर लैजाने क्षमताका युवा पन्त बलियो दाबेदारीका साथ कोलोराडो च्याप्टरको अध्यक्षमा उम्मेद्धारी बिआरटी नेपाल मार्फत घोषणा गरेका हुन ।

आर.सी. पन्त केही वर्ष यता संयुक्त राज्य अमेरिका कोलोराडो राज्यमा बसोबास गर्ने नेपाली मूलका परिवार बिच एउटा चिरपरिचित युवाको नाम हो । उनको जन्मस्थल गोरखा जिल्ला, हाल एनआरएन केन्द्रीय उपाध्यक्ष कुमार पन्त कै क्षेत्रमा पर्दछ ।

युवा व्यक्तित्व पन्तले नेपालबाट ईलेकट्रिकल इन्जिनियरिङ अध्ययन गरे तत्पश्चात् अमेरिकाको कोलोराडो युनिभर्सिटीबाट एकाउन्टिङ र अर्थशास्त्र विषयमा स्नातक गरी अमेरिकाकै ईस्ट्रन न्यु मेक्सिको युनिभर्सिटीबाट मास्टर्स ईन बिजिनेस एडमिनिस्ट्रेसन (एमबिए) अध्ययन गरेका छन् । उनी हाल कोलोराडो राज्यको उच्च शिक्षा क्षेत्रमा ग्रान्ट सम्बन्धी वरिष्ठ एकाउन्टेन्ट हुन ।

सन् २००६ मा डिभी प्रक्रियाबाट अमेरिका प्रवेश गरेका आर.सी. पन्त समाजसेवामा पनि त्यतिकै समय दिने युवा हुन । बिआरटी नेपालसँगको कुरामा उनी भन्छन्, जब सम्म युवाहरू सङ्गठनमा आबद्ध र सक्रिय हुँदैनन् तब सम्म सङ्गठन गतिशील हुन सक्दैन यसैले आफ्नो उमेद्दवारी युवा साथीहरूको चाहाना र वहॉंहरूकै हौसलाको लागि जसले गर्दा विश्वव्यापी एनआरएनलाई अझै बलियो, सशक्त बन्नमा थोरै भए पनि योगदान दिन सकिन्छ भनेर यसपालिको कोलोराडो राज्यको अध्यक्ष उमेद्दवारी दिने धोषणा गरेको हो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू