अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४९ | Colorodo: 23:04

शिव शर्मा चञ्चलको परदेशी रुवाउने गीत आयो युट्युबमा

बिआरटीनेपाल २०७५ फागुन ६ गते २२:५५ मा प्रकाशित

बिदाइको दिन आँसुले आँखा भिजेको पाएथे
बर्सो पहिले आमालाई छाडी परदेश आएथे
परदेशी हु“दा आमाको आँसु, पुछ्न नि पाइएन
आमाले धरती छाडेर गइन, मुख देख्नै पाइएन

परदेशीहरूको यस्तो मार्मिक पीडा बोकेको गीत आज देखी युट्युबाट सार्वजनिक भएको छ । गीतकार तथा पत्रकार शिव शर्मा चञ्चलको रचना रहेको गीत म्युजिक नेपालको युट्युब …..च्यानलबाट सार्वजनिक भएको छ । साता अघि यो गीत गीतकार शर्माले आफ्नी दिवङ्गत आमा जमुना कुमारी भट्टराईको वार्षिक पुण्य तिथिमा अमेरिकाको टेक्ससमा एक कार्यक्रम आयोजना सहभागीहरूलाई देखाएर सार्वजनिक गरेका थिए । तर युट्युबमा नआएको यो गीत अहिले भने औपचारिक रूपमा सर्बेले हेर्न मिल्ने गरी युट्युबमा आएको छ ।

परदेशमा रहँदा घरपरिवारका सदस्य गुमाउँदाको पीडा देखि स्वदेशको मायालाई समेत गीतमा वास्तविक ढङ्गले उतारिएको छ । गोविन्द मधुर आचार्यले स्वर दिएको गीतमा उनलाई महिला आवाजमा गायिका वसन्त प्रकृतिले साथ दिएकी छिन् । गीतको सङ्गीत संयोजन र एरेन्ज स्वयं गायक आचार्यले गरेका हुन ।

गीतलाई किसन रेग्मीले निर्माणमा सहयोग गरेका हुन । गीतको म्युजिक भिडियो शिव पुरीले निर्देशन तथा सम्पादन गरेका हुन । रामेश्वर कार्कीको छायाङकन रहेको गीतमा आमाको भूमिकामा रंगमञ्चीय कलाकार अन्जु देउजा, राजा कुमार घोष, रेगन क्षेत्री र हरि दवाडीले अभिनय गरेका छन् । वरिष्ठ चलचित्र निर्देशक नारायण पुरीको अवधारणा अनुरूप नै गीतको भिडियो निर्माण भएको हो । एउटा परदेशीको छोरो र गाउँमा एक्लै बसेकी आमाको कथा बोकेको गीतले समग्र विदेशमा बसिरहेका परदेशीहरूले घरपरिवारबाट टाढा हुँदा भोग्नु परेका समस्याहरूलाई गीतकारले गीतमा पोखेका छन् ।

प्रतिक्रिया