अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०३ | Colorodo: 01:18

अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगितामा नेपाललाई ठुलो सफलता

बिआरटीनेपाल २०७५ फागुन ६ गते १५:०६ मा प्रकाशित

काठमाडौँ – भारतमा आयोजित अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिस सुपर मोडल ग्लोव २०१९’मा नेपालले ठुलो सफलता हात पारेको छ । नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी अदिति अधिकारीले ‘सेकेन्ड रनर अप’ र ‘मिस फेसन मोडल’को दुई महत्त्वपूर्ण उपाधि नेपाल भित्र्याउन सफल भएकी छन् ।

नयाँ दिल्लीमा केही दिन अगाडि सम्पन्न प्रतियोगिता नेपाल, भारत, चिन, बङ्गलादेश लगायत १६ देशका सुन्दरीहरू सहभागी थिए । नेपाली कलासंस्कृतिले भरिएको विभिन्न पोसाक समेत प्रस्तुत गरेकी अदितिले प्रतियोगिताबाट आफूले धेरै कुरा सिक्न मिलेको बताइन् ।

१८ वर्षीय अदिति नेक्स्ट मोडल नेपाल आयोजक रहेको ‘मोडल हन्ट नेपाल २०१८’ की विजेता हुन् । अदितिको सफलतामा राष्ट्रले गौरव गर्नुपर्ने नेक्स्ट मोडल नेपालका सिइयो रवि धमलाले बताए । युवायुवतीलाई फेसन उद्योगमा आउन यो सफलताले प्रेरणा मिल्ने उनको भनाई रहेको छ । प्रतियोगितामा शीर्ष उपाधि मिस रसिया तातीयाना र फष्टरनर अप मिस फिलिपिन्स पाउलिनले जितेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू