अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१० | Colorodo: 08:25

नेपाली महिला अधिकारकर्मी वन्दना राणा राष्ट्रसंघीय कमिटीको उपाध्यक्षमा निर्वाचित

बिआरटीनेपाल २०७५ फागुन ६ गते १४:४५ मा प्रकाशित

काठमाडौँ – नेपाली महिला अधिकारकर्मी एवं सञ्चारकर्मी वन्दना राणा महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति(सीईडीएडब्ल्यू)को उपाध्यक्षमा निर्वाचित हुनु भएको छ ।

सोमबार भएको चुनावमा उहाँ दुई वर्षको कार्यकालका लागि उपाध्यक्ष पदमा निर्वाचित हुनु भएको हो ।

संयुक्त राष्ट्रसंघीय समितिमा उपाध्यक्ष पदमा निर्वाचित हुने उहाँ पहिलो नेपाली पनि हुनुहुन्छ । राणा यसअघि सन् २०१६ मा यो समितिको सदस्य पदमा निर्वाचित हुनुभएको थियो । उहाँ समितिमा रहेर रणनैतिक निर्देशकका रूपमा पनि कार्यरत हुनुहुन्छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू