अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१७ | Colorodo: 04:32

विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य सहरको सुचीमा काठमाडौं ५ औं स्थानमा

बिआरटीनेपाल २०७५ फागुन ६ गते ८:५७ मा प्रकाशित

नेपालको राजधानी काठमाडौं विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य सहरहरुको सुचीमा ५ औं स्थानमा परेको छ । हरेक वर्ष विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य र यात्रा गर्न लायक स्थानहरूको सुची सार्वजनिक पार्दै आएको लोन्ली प्लानेटले काठमाडौंलाई उत्कृष्ट १० सहरभित्र समावेश गरेको हो ।

लोन्ली प्लानेटको वेवसाइटले काठमाडौंलाई विश्वकै घुम्नलायक सहरको पाँचौ नम्बरमा राखेको हो । काठमाण्डौको ट्राफिक व्यवस्था दशककै राम्रो रहेको कुरालाई वेबसाइटले बढी महत्व दिएको छ । त्यस बाहेक वाइफाइ, शान्तपना, नियमित विद्युत लगायतका कारण काठमाडौं झनै घुम्नलायक सहर रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ ।

विश्वका घुम्नैपर्ने उत्कृष्ट १० सहरको सूचीमा पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन, दोस्रोमा चीनको सेन्जेन, तेस्रोमा सर्वियाको नोभी साद, चौथोमा संयुक्त राज्य अमेरिकाको मायामी, पाँचौमा नेपालको काठमाडौंलाई समावेश गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू