अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०२ | Colorodo: 05:17

रेडियो नेपालका तत्कालिन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

बिआरटीनेपाल २०७५ फागुन ६ गते ८:५५ मा प्रकाशित

रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) का तत्कालिन लेखा अधिकृत टोपबहादुर महतराविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । महतराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रेडियो नेपालको आर्थिक महाशाखा अन्तर्गत कर्मचारी कल्याण कोषकोसमेत जिम्मेवारी लिने क्रममा कोषको रकम हिनामिना गरेको आरोप लागेपछि मुद्दा चलाइएको हो ।

महतराविरुद्ध सात लाख ४० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ । महतराले समितिमा कार्यरत रहँदा समितिका अन्य ६ जना कर्मचारीको नाममा सापटी रकम स्वीकृत गराइ उनीहरुकै नाममा चेकसमेत बनाएर रकम निकाली हिनामिना गरेको पाइएको हो ।

उक्त चेकहरू सम्बन्धित ऋणीलाई हस्तान्तरण नगरी आफैँले बैंकमा साटेर चार लाख ३० हजार रुपैयाँ आफूले नै लिएको पाइएको छ । त्यस्तै त्यही समितिको दुई लाख ३१ हजर सात सय अठार रूपैँया ९५ पैसा सापटी लिई हालसम्म फिर्ता नगरेका पाइएको छ ।

पदीय दुरूपयोग गरी गैरकानुनी संस्थालाई नोक्सानी पुर्याइ आफूलाई फाइदा र्पुयाउने गरी भ्रष्टाचार गरेकाले हिनामिना भएको रकम समेतको माग दाबी लिई अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू