अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३५ | Colorodo: 04:50

इराक लैजाँदै गरेको अवस्थामा भारतबाट १४७ महिलासहित १७९ जनाको उद्दार

बिआरटीनेपाल २०७५ फागुन ६ गते ८:५३ मा प्रकाशित

भारतबाट म्यानमार हुँदै इराक लैजान लागिएका १४७ महिला र ३२ पुरुषलाई उद्दार गरिएको छ । मणिपुरको इम्फालबाट म्यानमार हुँदै इराक लाँदै गरिएको अवस्थामा उनीहरूको उद्दार गरिएको हो । उद्दार गरिएकाहरूलाई मंगलबार काँकडभिट्टा हुँदै नेपाल ल्याइने माइती नेपालका पूर्वाञ्चल प्रमुख गोविन्द घिमिरेले जानकारी दिनुभयो । अवैध रुपमा इराक लैजान लागिएका नेपाली एकै पटक ठूलो संख्यामा फर्काइएको यो पहिलो घटना भएको जनाईएको छ ।

गोप्य सूचनाको आधारमा भारतको दिल्लीस्थित महिला आयोग, मणिपुर प्रहरी र स्थानीय गैर सरकारी संस्थाको सक्रियतामा उनीहरूलाई उद्दार गरिएको हो। मनव तस्करले भारत मणिपुरको प्रान्तीय राजधानी इम्फालबाट म्यानमारको बाटो हुँदै उनीहरूलाई इराक लैजान लागेका थिए ।

तस्करीमा संलग्न एक महिला सहित ९ जना आरोपीलाई पनि नियन्त्रणमा लिइएको माइती नेपालका पूर्वाञ्चल प्रमुख घिमिरेले जानकारी दिनुभयो । मणिपुरका मुख्यमन्त्री एन वीरेनले आइतबार उद्दार गरिएका सबैलाई नेपाली टोलीको जिम्मा लगाउनुभएको थियो । माइती नेपालले उनीहरूको उद्दारका लागि भारतस्थित नेपाली दूतावास र महिला बालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग समन्वय गर्दै भारतको केन्द्र सरकार र मणिपुर सरकार, मणिपुरस्थित गोरखा दुःख निवारण समिति जस्ता संस्थाहरूसँग समन्यव गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू