अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२७ | Colorodo: 07:42

साउदी अरबले पाकिस्तानलाई २० अर्ब अमेरिकी डलर आर्थिक सहयोग गर्ने

बिआरटीनेपाल २०७५ फागुन ६ गते ८:४१ मा प्रकाशित

साउदी अरबले पाकिस्तानका लागि २० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता दिने भएको छ । पाकिस्तान भ्रमणमा रहेका साउदी अरबका राजकुमार मोहमद बिन सलमानले पाकिस्तानलाई २० अर्ब डलर बराबरको सहायता दिने सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

अघिल्लो वर्ष आर्थिक वृद्धि दर ५ प्रतिशतले वृद्धि गरेकाले पाकिस्तानको भविष्य उज्ज्वल रहेको भन्दै मोहमद बिन सलमानले पाकिस्तानलाई साउदीले आर्थिक सहयोग गरेको बताउनुभयो । यसअघि राजकुमार सलमानलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विमानस्थलमै पुगेर स्वागत गर्नुभएको थियो ।

त्यस क्रममा प्रधानमन्त्री खानले साउदी अरबमा रहेका आफ्ना देशका मजदुरले भोगेका दुःखका बारेमा राजकुमार सलमानको ध्यानाकर्षण गराउनुभयो । २५ लाख पाकिस्तानी नागरिक साउदीमा रहेको जानकारी दिँदै प्रधानमन्त्री खानले उनीहरुमाथि कुनै प्रकारको भेदभाव नहोस् भन्ने चाहना ब्यक्त गर्नुभएको थियो ।

जवाफमा राजकुमार सलमानले आफू पनि पाकिस्तानको प्रतिनिधी रहेको जिकीर गर्दै समस्या समाधान हुनेमा ढुक्क हुन प्रधानमन्त्रीलाई आश्वासन दिनुभएको थियो । पाकिस्तानले आफ्नो आर्थिक अवस्था कमजोर बनेको भन्दै विदेशी सहयोगका लागि अपील गर्दै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू