अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०६ | Colorodo: 03:21

भारतको जम्मू–कश्मीरमा विद्रोहीसँग मुठभेड, कम्तीमा ४ भारतीय सैनिकको मृत्यु

बिआरटीनेपाल २०७५ फागुन ६ गते ८:३९ मा प्रकाशित

भारत प्रशासित जम्मू–कश्मीरको पुलवामा जिल्लामा विद्रोहीसँग भएको मुठभेडमा कम्तीमा ४ जना भारतीय सैनिकको मृत्यु भएको छ । जसमा १ जना मेजर रहेका छन् । सेनाले विद्रोहीको अखडामा आक्रमण गर्दा र्२ जना चरपन्थी पनि मारिएका छन् ।

भारतीय सेनाका अनुसार सेनाले गरेको अपरेसनमा पुलवामा हमलाका योजनाकार भनिएका अब्दुल राशिद जागी र हिलाल अहमद मारिएका हुन । अपरेसन सुरु हुनासाथ चरमपन्थीले आक्रमण गर्दा २ जवानको मृत्यु भएको भारतीय सेनाले बताएको छ ।

गत विहिबार विद्रोहीले गरेको भीषण हमलापछि सेनाले पुलवामा जिल्लामा विशेष खोज अभियान चलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू