अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

गण्डकी प्रदेशले तोक्यो पर्यटकीय गन्तव्य, कास्कीका १० स्थानमा सुचीमा परे

बिआरटीनेपाल २०७५ फागुन ६ गते ८:३७ मा प्रकाशित

गण्डकी प्रदेशको १ सय पर्यटकीय गन्तव्यमा कास्कीका १० स्थान परेका छन् । संघीय सरकारको १ सय पर्यटकीय गन्तव्य घोषणा गर्ने परम्परालाई पछ्याउँदै गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष मनाउने अवसरमा घोषणा गर्न लागेको एक सय पर्यटकीय गन्तव्यमा कास्कीका १० स्थान पर्न सफल भएका छन् ।

गण्डकी प्रदेशले कास्कीको पोखरा महानगरपालिकामा पर्ने फेवाताल र फेवातालको बिच भागमा रहेको तालवराही मन्दिरलाई कास्कीको पर्यटकीय गन्तव्यको पहिलो नम्बरमा राखेको छ । बेगनासताललाई दोश्रो नम्बरमा राखेको छ भने रुपा तथा अन्य तालहरुलाई तेश्रो नम्बरमा राखेको छ ।

गण्डकी प्रदेश सरकारले विन्ध्यबासिनी मन्दिरलाई पाचौं नम्बरमा राख्दा रमणीय ठाउँ सराङ्कोटलाई छैटौं, अन्नपूर्ण बेसक्याम्पलाई सातौं, पातले छाँगो तथा विश्वशान्ति स्तुपालाई आठौं, पोखराका गुप्तेश्वर, चमेरे र महेन्द्र गुफाहरु, रुपाकोट र स्याक्लुङ्कोटलाई नवौं र काहुँडाँडालाई कास्कीको पर्यटकीय गन्तव्यको दशौं नम्बरमा समेटेको छ ।

गण्डकी प्रदेशले आन्तरिक पर्यटन वर्षलाई सघाऊ पुर्याउने उद्धेश्यले पर्यटकीय गन्तव्य घोषणा गर्ने तयारी अनुरुप कास्कीका ठाउँहरुलाई पनि पर्यटकीय गन्तव्यमा समेटेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले कास्कीको १०, म्याग्दीको १०, मनाङको ९, मुस्ताङको १०, तनहुँको १०, गोर्खाको १२, नवलपरासीको ९, बागलुङको ११, पर्वतको ११, स्याङ्जाको ११ र लमजुङको १० ठाउँलाई पर्यटकीय गन्तव्यमा समावेश गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू