अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४६ | Colorodo: 01:01

कालीले झुमाए टेक्ससको डालासबासीलाई

बिआरटीनेपाल २०७५ फागुन ५ गते २०:५१ मा प्रकाशित

टेक्सस, टेक्ससको डालासमा भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसको उपलक्ष्यमा सुबी इन्टरटेनमेण्टको आयोजना तथा डी एन्ड डी मुभिज र बब इन्टरटेनमेण्टको सह-आयोजनामा हिजो फेब्रुअरी १६ साँझ अर्भिङ्ग सहरको फेन्जानी हुक्का लन्जमा कालीप्रसाद बास्कोटा साँझको आयोजना गरियो । 

काली प्रसाद बास्कोटा नेपाली गीत सङ्गीतका पारखीहरूका लागि निकै चर्चित नाम हो । सानै उमेरबाट साङ्गीतिक यात्राको शुभारम्भ गरेका गीत लेखक, गायक तथा सङ्गीतकार काली प्रसाद बास्कोटाको अमेरिकी साङ्केतिक टुरको सिलसिलामा उनी डालास आएका हुन ।

नेपालको चर्चित रियालिटी सो ‘नेपाल आइडल’ समेत एक निर्णायक रहेको उनको क्रेज नेपाली साङ्गीतिक आकाशमा निकै उचो छ । उनले कार्यक्रममा झन्डै ८/९ वटा गीतहरू प्रस्तुत गरेका थिए। साँझ छ बजे सुरु हुने भनिएको कार्यक्रम ८:३० बजे सुरु भएको थियो भने कलाकार काली प्रसाद बास्कोटाको पालो १० बजे मात्र आएको थियो ।

लामो प्रतीक्षा पछि स्टेजमा उत्रेका कालीको हरेक गीतले सम्पूर्ण दर्शकहरूलाई जुरुक्क जुरुक्क मात्र पारेन सबै मस्त नाचमा झुम्मिए । झन्डै १ घण्टा ३० मिनेट उनले एकल प्रस्तुति गरे । समग्रमा कार्यक्रम निकै रमाइलो रहेको महसुस धेरै दर्शकहरूले सुनाए । कार्यक्रमको अर्को आकर्षकको रूपमा नेपाल टेलिभिजनबाट प्रसारित चर्चित हास्य टेली श्रृंखला मेरी बास्सैमा कुनै बेला टुप्पी भान्जा र बैतडी बाजेको भूमिकाले चर्चित भएका हास्य कलाकार राजेश नाथको प्रस्तुतिले दर्शकहरू हासेका थिए ।

त्यसै गरी नेपाली चलचित्रका नायक सुभाष थापाबाट दर्शकले विशेष अपेक्षा राखेपनि उनले एउटा कविता मात्र सुनाएर बिदा भए । कार्यक्रममा स्थानीय कलाकारहरूको प्रस्तुति नृत्य प्रस्तुत गरेका थिए भने अन्तमा राती १२ बजे देखि डिजे सूर्य को डिजे चलेको थियो । कार्यक्रमको सञ्चालन सूर्य थापाले गरेका थिए भने झन्डै २५० दर्शकहरू कार्यक्रममा सहभागी भएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू