अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५९ | Colorodo: 15:14

टिकटकमा चर्चित बालिका खड्का अभिनीत गीत भाइरल

बिआरटीनेपाल २०७५ फागुन ५ गते २०:३९ मा प्रकाशित

कोलोराडो । पछिल्लो समय टिकटकबाट निकै भाइरल बनेकी एभिलिना खड्का अभिनीत ‘तिम्रै हुँ म’ बोलको गीत दुई दिनमै भाइरल बनेको छ । युट्युबमा दुई दिनमै करिब १ लाख ९० हजार पटक हेरिएको छ ।

चर्चित गायिका अन्जु पन्तको गायनको यो गीतमा ४ वर्षे खड्काको अभिनय उदाहरणीय र जीवन्त देखिन्छ । केशव घिमिरे (वैरागी माइलो)का शब्दमा नव मोडल एवम् सर्जक सीता धमला, व्यस्त मोडल सनम कठायतको अभिनय छ । भिडियोमा विवाह अघिको प्रेम र सम्बन्धलाई उतार्न खोजिएको छ । सङ्गीत सुनिल राईको छ भने गीतको भिडियोलाई जनक सिंहले निर्देशन गरेका छन् ।

रचनाकार घिमिरे भुटानी शरणार्थीका पुनर्वासमा आएर अमेरिकाको पेनसेलभेनियामा बसोबास गर्दै आएका छन् । सन् १९८४ मा जन्मेका घिमिरेको ‘कुलागाङ्रीको फेदीबाट’ (गजलसंग्रह) प्रकाशित छ । 

 

प्रतिक्रिया