अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३५ | Colorodo: 01:50

महानायक राजेश हमाललाई ‘शान्ति तथा मानवता’ अवार्ड प्रदान

बिआरटीनेपाल २०७५ फागुन ५ गते ११:०३ मा प्रकाशित

काठमाडौँ: बज्रकिल्या प्रोडक्शनले आयोजना गरेको ‘फस्ट ईन्टरनेश्नल पिस एण्ड ह्युमानिटी कन्फेरेन्स’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिवार काठमाडौँको होटेल र्‍याडिशनमा आयोजना भएको कार्यक्रममा महानायक राजेश हमाल, पत्रकार ऋषि धमला, रेस्लर हिमालयन टाइगर लगायत ११ व्यक्तिलाई ‘शान्ति तथा मानवता’ अवार्ड प्रदान गरिएको थियो। 

फिलिपिन्सकी राजकुमारी हर हाईनेस मारिया लियोनोरा टोरेसले उक्त अवार्ड प्रदान गरेकी हुन् । शान्ति तथा मानवताको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै हमाल, धमला, हिमालयन टाइगर लगायतलाई उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा बोल्दै बज्रकिल्या प्रोडक्शनको सीइओ जाम्पा फुर्वा दोर्जे लामाले हिमालय क्षेत्रको भाषा, संस्कृति संरक्षण गर्न र नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय रूपमा अघि बढाउन ‘फस्ट ईन्टरनेश्नल पिस एण्ड ह्युमानिटी कन्फेरेन्स’ कोशे ढुङ्गा साबित हुने बताउनुभयो। साथै नेपाली समाजमा यथावत् रहेको आर्थिक, सामाजिक असमानता हटाउनुपर्नेमा जोड दिँदै उहाँले प्रत्येक वर्ष नेपालका ५ जना बालबालिकालाई छात्रवृत्ति दिने घोषणा समेत गर्नुभयो। 

कार्यक्रममा फिलिपिन्सकी राजकुमारी टोरेसले शान्ति र मानवता सबैले आत्मसात् गर्न सके मात्र यसले दिगो रूप लिने बताउँदै शान्ति र मानवताको क्षेत्रमा योगदान दिन महात्मा गान्धी र मदर टेरेसाको जस्तै कार्य गर्नुपर्ने भ्रम चिर्नुपर्ने बताउनुभयो। महानायक राजेश हमाल नेपालमा यस्तो सम्मेलन आयोजना हुनु गर्वको विषय रहेको बताउँदै जुनसुकै क्षेत्रमा आबद्ध भएका व्यक्तिले मानवतामा जोड दिएर अघि बढ्नुपर्ने औँल्याउनै शान्ति र मानवताले नै मानिसलाई लामो समयसम्म अस्तित्वमा राख्ने बताउनुभयो। 

उक्त सम्मेलनमा माइकल ज्याक्सन फाउण्डेशन, नेल्शन मण्डेला फाउण्डेशन र उहाँहरूको परिवारसँग निकट रही एडभेन्चर ह्युमानिटी नामक संस्था सञ्चालन गर्दै आएको र क्यान्स फिल्म फेस्टिभल फ्रान्सको अन्तर्राष्ट्रिय संयोजक रिचर्ड निल्शन, स्वर्गीय माइकल ज्याक्सनका अर्को अवतार भनी प्रसिद्धि कमाएका अन्तर्राष्ट्रिय कलाकार मसाकी माइकल, कम्बोडियाका प्रधानमन्त्रीका सल्लाहकार डा. साम दरा, श्रीलङ्का पर्यटन बोर्डका प्रमुख जेफ गोनीवार्डेनाथ लगायतको सहभागिता रहेको कार्यक्रममा मसाकी माइकल लगायत तिरुपाती बोर्डिङ स्कुलका विद्यार्थीको समेत दमदार प्रस्तुति रहेको थियो। 

कार्यक्रममा गायक मिंग्मा शेर्पा, सगरमाथा आरोहण गर्ने पहिलो शेर्पा महिला डोमा शेर्पा, कान्छो चलचित्र निर्देशक सौगात विष्ट, समाजसेवी गेसे सोनाम वान्ग्चेन, अन्तर्राष्ट्रिय प्रस्तोता मसाकी माइकल, श्रीलङ्का पर्यटन बोर्डका प्रमुख जेफ गोनीवार्डेना, क्यानस फिल्म फेस्टिभलका अन्तर्राष्ट्रिय संयोजक तथा ‘एडभेन्चर अफ हुम्यानीटि’ का संस्थापक अध्यक्ष रिचार्ड निल्सन तथा फिलिपिन्सकी राजकुमारी मारिया लियोनेरा टोरेस लाई समेत शान्ति ताहा मानवता अवार्ड प्रदान गरिएको थियो। साथै शान्ति र मानवताको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै विभिन्न कलाकार, समाजसेवी तथा खेलकुद क्षेत्रका हस्तीहरूलाई कदर पत्र प्रदान गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू