अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२४ | Colorodo: 02:39

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको विधान संशोधनका लागि सुझाव दिने म्याद थप गरिएकोबारे अत्यन्त जरुरी सूचना

बिआरटीनेपाल २०७५ फागुन ५ गते १०:५४ मा प्रकाशित

आदरणीय अनेसासका बिओटी सदस्यहरू, केन्द्रीय कार्य समितिका पदाधिकारीहरू, सम्पूर्ण च्याप्टरका पदाधिकारीहरू तथा आजीवन सदस्यज्यूहरू,

अनेसास केन्द्रीय कार्यसमितिले समयसापेक्ष ढङ्गले संस्थाको गतिशील विकासका लागि वर्तमान विधानमा आवश्यक संशोधन गर्ने उद्देश्यले प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको संयोजकत्वमा श्री बलराम थापा र श्री सुमलकुमार गुरुङ सदस्य रहेको अधिकार सम्पन्न विधान संशोधन समिति गठन गरेको पत्र प्राप्त भएकै दिन यस संस्थालाई नेपाली साहित्यको विकासमा अन्तर्राष्ट्रिय स्तरमा अझ सशक्त र जीवन्त तुल्याउनाका लागि हालको विधानको कुन धाराको कुन उपधारामा के संशोधन गर्नुपर्ने हो वा कहाँ के कुरा थप गर्नुपर्ने हो स्पष्ट रूपमा आफ्नो सुझाव २०७५–११–३ गते तदअनुसार १५ फेब्रुअरी २०१९ सम्ममा माग गरिएकामा समय बढाउनका लागि विभिन्न व्यक्तिहरूको आग्रहलाई ध्यानमा राखी २०७५-११-१८ गते तदनुसार २ मार्च २०१९ सम्म सुझाव दिने म्याद थप गरिएको कुरा सम्बद्ध सबैलाई सूचित गरिन्छ ।

सुझाव निम्नलिखित इमेलमा पठाउनाका लागि हार्दिक अनुरोध गरिन्छ ।

अबको संशोधित विधान नेपाली र अङ्ग्रेजी दुवै भाषामा हुनेसमेत जानकारी गराइन्छ ।

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल — संयोजक
बलराम थापा — सदस्य
सुमलकुमार गुरुङ — सदस्य
अनेसास विधान संशोधन समिति

सुझाव पठाउने इमेल — inlsbidhan2019@gmail.com

प्रतिक्रिया