अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५० | Colorodo: 10:05

चलचित्र तुलसीको ट्रेलर सार्वजनिक

बिआरटीनेपाल २०७५ फागुन ५ गते १०:५० मा प्रकाशित

ऋचा घिमिरेको प्रस्तुतिमा, शङ्कर घिमिरेको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘तुलसी’को ट्रेलर सार्वजनिक भएको छ । BODHI HD तथा 8848 माडियाद्वारा डिस्ट्रिब्यूसन हुने र डिजिटल माध्यमबाट विश्वव्यापी डिजिटल प्रदर्शन गर्न लागिएको चलचित्र “तुलसी” चाँडै नै सार्वजनिक हुने जानकारी कलाकार तथा प्रस्तुतिकर्ता ऋचा घिमिरेले बताउनुभयो । छुवाछुत तथा जातीय विभेद जस्तो गहन विषयवस्तुमा केन्द्रित चलचित्र “तुलसी”ले चेतनाका साथै मनोरञ्जन दिन्छ ।

ऋचा घिमिरे , विमले श अधिकारी, आयुष रिजाल, जयकिसन बस्नेत, विष्णु सापकोटा, पुष्कर भट्ट, सुषमा कार्की आदि मुख्य भूमिकामा छन् भने विशेष भूमिकाहरूमा राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, मौसमी मल्ल र तृप्ति नाडकर रहेका छन् ।

मिजास इन्टरटेन्मेन्ट एन्ड मिडिया प्रा.ली. को ब्यानरमा तयार “तुलसी” वरिष्ठ सङ्गीतकार रञ्जित गजमेरको अनुभवले सजिएको छ । यस अघि सार्वजनिक “आजको रमाइलो बेला” बोलको गीतलाई दर्शकले रुचाएका छन् जसमा एकसाथ सबै सुपरस्टारहरू राजेश हमाल, करिष्मा मानन्धर, शिव श्रेष्ठ, तृप्ति नाडकर, भुवन केसी, मौसमी मल्लको नृत्य रहको छ । चलचित्रमा जम्मा पाँच वटा गीतहरू रहेका छन् जसमा आशा भोसले, साधना सरगम, शान तथा सुपरहीट लोकप्रिय गायक स्व. कुमार कान्छाले स्वर दिनुभएको छ ।

पाँच वटै गीत मुम्बईमा रेकर्ड गरिएका हुन जसमा गीतकार सुरेश अधिकारीको शब्द रहेको छ । चलचित्र ‘तुलसी’को एउटा गीतमा भने वसन्त सापकोटाले सङ्गीत भरेका छन् त्यसमा शिव परियारको स्वर रहेको छ । ‘तुलसी’लाई शिवं अधिकारीले लेखेका हुन् जसको सम्पालन शिव पुरीले गर्नुभएको हो भने यसमा छायाङ्कन दीपक बज्राचार्यको रहेको छ ।

प्रतिक्रिया