अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४३ | Colorodo: 20:58

अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समिति अमेरिकाको भेला तथा पुनर्गठन गरिँदै, कलाकारहरूलाई सम्पर्क गर्न अनुरोध

बिआरटीनेपाल २०७५ फागुन ५ गते १०:०९ मा प्रकाशित

अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समिति अमेरिकाका तर्फबाट केन्द्रीय अध्यक्ष रामप्रसाद खनालले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समिति अमेरिकाको भेला तथा पुनर्गठन गर्न लागिएको बताउनुभएको छ । वहाँका अनुसार पहिला केन्द्रीय समिति अमेरिका र त्यस लगत्तै अन्य देशहरू, शाखाहरूको पुनर्गठन गर्न लागिएको बताउनुभएको छ । हाल सम्म कार्यरत केन्द्रीय समितिका कतिपय साथीहरू अमेरिका बाहिर रहनुभएको र यसले गर्दा सङ्गठनका काम कार्वाहीमा असर परेकोले पुनर्गठन गरी सङ्गठनलाई कृयाशिल पार्नु नै भेला र पुनर्गठनको उद्देश्य रहेको छ भन्दै खनालले भन्नुभएको छ:

अमेरिकामा रहनुभएका सबै कलाकार मित्रहरू !
अमेरिकामा दर्ता भई कार्यरत रहेको र नेपाल सहित संसारका विभिन्न देशहरूमा समेत शाखा भएको कलाकारिता अन्तर्गतका जुनसुकै बिदाहरूमा पनि संलग्न कलाकारहरूको पहिलो अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका International Artists Forum ( www.IAFAmerica.com ) को भेला तथा पुनर्गठन गरिन लागेकोले अमेरिकामा रहनुभएका जुनसुकै बिधाका कलाकारहरूलाई यथाशीघ्र सम्पर्कका
लागि हार्दिक अनुरोध गरिन्छ ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समिति अमेरिकामा रहेर सक्रिय रूपमा काम गर्न चाहने कुनै पनि बिधाका कलाकारहरूलाई iafamerica@gmail.com वा rampdkhanal@gmail.com वा फेसबुकको इन्बक्समा आफ्नो नाम, बिधा, हालको फोन नम्बर, ठेगाना सहित सम्पर्कमा आउन अनुरोध गरिन्छ । कृपया आफू केन्द्रीय समितिमा बसी काम गर्न इच्छुक भएमा आफू कुन पदमा बसेर काम गर्न इच्छुक हुनुहुन्छ सो समेत खुलाई सम्पर्क गर्नुहुन सादर अनुरोध छ ।

केन्द्रीय समितिको पुनर्गठन पछि विभिन्न देशमा भएका शाखाहरूको पनि पुनर्गठन गरिने छ भने निस्क्रिय शाखाहरू विघटन गरिने छ ।

कलाकार मित्रहरू
कृपया यो सूचना तपाईँलाई जानकारी भएका अरू कलाकार साथीहरूलाई पनि सूचित गरी सहयोग गरिदिनु हुन विनम्र अनुरोध छ ।

पुनर्गठनमा :
अध्यक्ष – एक
उपाध्यक्ष – पाँच
महा सचिव – एक
सचिव – एक
सह सचिव – एक
कोषाध्यक्ष – एक
बोर्ड अफ डाइरेक्टर – पन्ध्र
प्रेस सल्लाहकार – एक
कानुनी सल्लाहकार – एक
प्रमुख सल्लाहकार – एक
सल्लाहकार – पाँच
सँस्कृतीबिद – एक
समेटिने छ । स्वयमसेबी रूपमा काम गर्नु पर्ने यो संस्था कुनै पनि राजनीति वा कुनै पनि पक्ष सँग सम्बद्ध नभएको एक स्वतन्त्र र विशुद्ध कलाकारिता क्षेत्रको सङ्गठन हो । जसको प्रधान कार्यालय भर्जिनिया अमेरिकामा रहेको छ । संस्थाको बारेमा जान्न www.iafamerica.com मा जान सक्नुहुन्छ ।

– रामप्रसाद खनाल – अध्यक्ष
अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समिति अमेरिका
इमेल – iafamerica@gmail.com , rampdkhanal@gmail.com
वेबसाइट – www.iafamerica.com

प्रतिक्रिया