अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४० | Colorodo: 05:55

गायक विनोद यादवको “मिठो छ तिम्रो” बोलको गीत सार्वजनिक

बिआरटीनेपाल २०७५ फागुन ५ गते ९:४५ मा प्रकाशित

विगत लामो समय देखि नेपाली शिक्षण पेसामा लागिरहेका प्रोफेसर विनोद यादव अब भने नेपाली साङ्गीतिक आकाशमा उडान भर्दैछन् । यादव यति बेला नेपालका विभिन्न शिक्षण संस्थामा सफल रूपमा अध्यापन र त्यसको सञ्चालन गरिरहेका छन् । माया र प्रेमको भावनाले भरिएको “मिठो छ तिम्रो” बोलको गीतमा विनोद यादवकै शब्द, स्वर र सङ्गीत रहेको छ भने भिडियोमा समेत उनी आफै देखिएका छन् ।

राजन इशानको सङ्गीत संयोजन रहेको गीत निकै सुमधुर बनेको छ । नायिका जेबिका कार्की सँगको उनको रोमान्स पर्दामा उतार्ने काम भने निर्देशक दीपेन्द्र केसीले गरेका छन् । गायक विनोद कै आफ्नो यु ट्युब च्यानलमा यो म्युजिक भिडियोलाई देख्न सकिनेछ । सार्वजनिक भिडियोमा शिवराम श्रेष्ठको छायाङ्कन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

प्रतिक्रिया