अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५५ | Colorodo: 06:10

भेनेजुएला र अमेरिकी प्रतिनिधिबीच दुई पटक बैठक भएको पुष्टि

बिआरटीनेपाल २०७५ फागुन ५ गते ७:३१ मा प्रकाशित

भेनेजुयला र अमेरिकी प्रतिनीधिवीच पछिल्लो समय दुईपटक वार्ता भएको पुष्टि भएको छ । भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेआजाले अमेरिकी विशेष प्रतिनिधिसँग पछिल्लो समय दुई पटक बैठक भइसकेको पुष्टी गर्नुभएको हो ।

दुई देशको सम्बन्ध सुधारका विषयमा उच्चस्तरीय दुई ओटा बैठक भइसकेको उहाँले जानकारी दिनुभएको हो । भेनेजुएलाको राज्यद्वारा सञ्चालित टेलिभिजनमा बोल्दै उहाँले एक अर्कालाई राम्रोसँग चिन्नेगरी र विषयवस्तुलाई बुझ्ने गरी छलफल गरेको बताउनुभयो । उहाँले यी बैठकहरुबाट सकारात्मक नतिजा आउने विश्वास गरिएको पनि जानकारी दिनुभयो । भेनेजुएला र अमेरिकाको विषयमा हुने छलफललाई निरन्तरता दिन र संस्थागत गर्नका लागि एउटा साझा निकाय बनाउने बारेमा पनि छलफल भएको भेनेजुएलाका विदेश मन्त्रीले उल्लेख गर्नुभएको छ ।

अमेरिकी उच्चस्तरीय प्रतिनिधि र भेनेजुएलाका प्रतिनिधिहरुको दुई पक्षीय बैठकका बारेमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पुरै जानकारी भएको पनि विदेश मन्त्रीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू