अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५८ | Colorodo: 02:13

नेपाललाई २५ वर्षमा विश्वकै धनी देश बनाउने लक्ष्य – डा. भट्टराई

बिआरटीनेपाल २०७५ फागुन ५ गते ७:२४ मा प्रकाशित

नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विकास र समृद्धिलाई राष्ट्रिय एजेण्डा बनाएर मुलुकलाई विश्वकै धनी देश बनाउने आफ्नो पार्टीको लक्ष्य रहेको बताउनुभएको छ । पूर्व–पश्चिम जनसंवाद यात्राको अवसरमा आइतबार बागलुङको गलकोटमा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले अबको पाँच वर्षमा गरिबी अन्त्य गर्ने, १५ वर्षमा मध्यम स्तरमा पुग्ने र २५ वर्षमा विश्वकै धनी देशको रुपमा विकास गर्ने आफनो पार्टीको लक्ष्य रहेको बताउनुभयो ।

दुई तिहाई बहुमतको कम्युनिष्ट सरकार भएको समयमा समेत देशमा भ्रष्टाचार मौलाईरहेको आरोप लगाउँदै डा. भट्टराईले भ्रष्टाचार कायम रहेसम्म आर्थिक विकास सम्भव नहुने ठोकुवा गर्नुभयो । राजनीतिक उपलब्धी हासिलका लागि कांग्रेस, एमाले र माओवादीले पालैपालो संघर्ष गरेको भन्दै उहाँले अबको पालो आर्थिक विकासको भएको उल्लेख गर्नुभयो । देशको आर्थिक विकासका लागि पुर्वाधार निर्माणमा बजेट छरेर मात्रै नहुने बताउदै भट्टराईले एकीकृत योजनाहरु बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर लगायतका पाँचवटा कोरिडोरले समग्र देशको सडकको प्रतिनिधित्व गर्ने गरि काम सुरु गरिएको भन्दै भट्टराईले नयाँ सोचका साथ विकास निर्माणका काममा अघि बढ्न सबै राजनीतिक दलहरुलाई सुझाव दिनुभयो । आफुले मध्यपहाडी लोकमार्ग आसपासको अवस्था र विकासलाई बुझेर प्रतिवेदन तयार गर्न अभियान चलाएको भन्दै भट्टराईले विकासको खाका सहितको प्रतिवेदन तयार गर्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू