अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२५ | Colorodo: 21:40

कांग्रेसका तीन कोइराला नेतालाई एउटै माला

बिआरटीनेपाल २०७५ फागुन ४ गते ८:३६ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्रीसहित तीन जना कोईराला परिवारका नेताले एउटै माला पहिरिएका छन्। महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइरालालाई शनिबार वीरगंजमा एउटै माला लगाइएको हो।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको कार्यक्रममा सहभागी हुन तीनै जना नेता वीरगंज पुग्नुभएको थियो । फोटो प्रदर्शनी, कार्यालय उद्घाटन र विचार गोष्ठी उद्घाटन कार्यक्रममा तीनै नेतालाई १२१ किलोको एउटै माला लगाईएको हो । कोइराला परिवार राजनीतिमा तीन तिर होइन एक भएर अघि बढ्नुपर्ने भन्दै आयोजकले एउटै माला लगाईदिएको बुझिएको छ ।

केही समयअघि गृह जिल्ला विराटनगरमा पनि शुभेच्छुकहरुले कोइराला परिवारलाई एउटै माला लगाइदिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू