अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३२ | Colorodo: 05:47

नाइजेरियामा निर्वाचन सर्यो

बिआरटीनेपाल २०७५ फागुन ४ गते ८:३५ मा प्रकाशित

नाइजेरियामा राष्ट्रपतीय र संसदीय निर्वाचन एक हप्तापछि सरेको छ । शनिबारका लागि घोषित चुनाव सुरु हुनु पाँच घन्टाअघि त्यहाँको निर्वाचन आयोगले निर्वाचन सारिएको घोषणा गरेको हो । आयोगका अध्यक्ष महोम्म्द याकुवाले स्वतन्त्र र निष्पक्ष निर्वाचनको सुनिश्चितताका लागि निर्वाचन सार्ने कठिन निर्णय लिएको बताएका छन् ।

निर्वाचन अब आगामी फेब्रुअरी २३ तारिखमा हुनेछ । सत्तारुढ र विपक्षी दुवै पार्टीले भने निर्वाचन सारेकोमा विरोध गर्दै निर्वाचन आफ्नो पक्षमा पार्ने खोजेको एकार्कामाथि दोषारोपण गरेका छन् । पछिल्लो केही दिनयता नाइजेरिया चुनावी हिंसाको मारमा पर्दै आएको छ । शुक्रबार मात्र उत्तर पश्चिमी क्षेत्रमा भएको हिंसामा ६६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू