अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

कर्णालीको परिचय बदलिनेछ ,कर्णाली सुगम हुनेछ – प्रधानमन्त्री

बिआरटीनेपाल २०७५ फागुन ४ गते ८:३२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका पूर्वाधार पुर्याएर डोल्पाको परिचय बदलेर सुगम बनाईने बताउनुभएको छ । डोल्पो समाजले आज आयोजना गरेको ल्होसार पर्वको साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले सुर्खेतको छिन्छुदेखि डोल्पाको त्रिपुरा सुन्दरीसम्मको सडकको स्तरोन्नति गरिने र डोल्पामा बाह्रै महिना यातायात सञ्चालन गरिने बताउनुभयो । डोल्पामात्र नभई कर्णालीका सबै जिल्लाका विमानस्थलहरूको पनि स्तरोन्नति गरेर कर्णालीलाई सुगम बनाइने प्रधानमन्त्री ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले कर्णालीमा रहेको पातलो बसोबासलाई एकीकृत बस्तीको रूपमा विकास गरिने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू