अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी तीव्र, ५ हजार धावकहरु सहभागी हुने

बिआरटीनेपाल २०७५ फागुन ४ गते ८:३१ मा प्रकाशित

भूतपूर्व खेलाडी मञ्चको आयोजनामा यहि फागुन ७ गते पोखरामा आयोजना हुने “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” को तयारी तीव्र पारिएको छ । म्याराथनमा करिव ५ हजार धावकहरुको सहभागीता रहने आयोजकले जनाएको छ । मञ्चले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा गत संस्करणहरु भन्दा यस पटक सबैमा निकै उत्साह आउने गरि कार्यक्रम अगाडी जानकारी दिईयो । मंचका अध्यक्ष तेज गुरुङका अनुसार यस पटकको म्याराथनमा गिनिज बुक्स अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल १३ औं पटकका सगरमाथा आरोही तेन्जिङ शेर्पा र माउन्ट किनाबुलु मलेशियामा १९९१, १९९२ र १९९३ मा किर्तिमानधारी अन्तर्राष्ट्रिय धावक ले.कुशाङ गुरुङको उपस्थिती रहने छ ।

म्याराथनमा नायिका तथा सगरमाथा आरोही रोजिता वृद्धाचार्य, सगरमाथा आरोही देउराली चाम्लिङ, अन्नपूर्ण पोष्टका प्रधान सम्पादक अखण्ड भण्डारी, व्रेष्ट क्यान्सर विरुद्धकी अभियान्ता एवम पूर्व भलिबलका राष्ट्रिय खेलाडी मञ्जु गुरुङ, बोष्टनका याम पौडेल, पोखरेली मंच यूकेका अध्यक्ष मान प्रसाद गुरुङ को समेत सहभागिता रहने जनाईएको छ ।

पत्रकार सम्मेलनमा प्रतियोगिता सफल पार्न पोखरेली मञ्च युकेबाट ७ लाख ५० हजारको चेक पोखरेली मञ्चका तर्फबाट अध्यक्ष मान प्रसाद गुरुङले अध्यक्ष तेज गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो । त्यसै गरि अमेरिका स्थित बोष्टन र न्यू ह्याम्पशायरलाई आफ्नो कर्म क्षेत्र बनाएर बस्दै आएका नेपालीहरुले संकलन गरेको ३ लाख रुपैया सहयोग रकम याम पौडेलले अध्यक्ष गुरुङलाई हस्तान्तरण गरिएको थियो भने हङकङबासी नेपालीहरुबाट ५ लाख ४७ हजार सहयोग प्राप्त भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू