अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०३ | Colorodo: 06:18

भ्रष्टाचार रोक्न मुलुकमा लोकपालको ब्यवस्था आवश्यक – डा. भट्टराई

बिआरटीनेपाल २०७५ फागुन ४ गते ८:२७ मा प्रकाशित

नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको भ्रष्टाचार रोक्न लोकपालको व्यवस्था हुनुपर्ने बताउनुभएको छ । सार्वजनिक छवि भएका व्यक्तिहरूलाई संसदप्रति उत्तरदायी बनाएर राष्ट्रपतिदेखि तल्ला पदहरूमा पनि छानबिन गर्ने अधिकारसहितको लोकपालको व्यवस्था गरिएमा मात्र देशको भ्रष्टाचारी प्रवृत्ति अन्त्य हुने उहाँको भनाइ छ ।

मध्यपहाडी पुष्पलाल लोकमार्गअभियान अन्तर्गत ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा–२०७५’ को पर्वत सदरमुकाम कुश्मामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै भट्टराईले लोकपालले राष्ट्रपतिदेखि प्रधानन्याधिश सम्मकालाई भ्रष्टाचारको केशमा कारबाही गर्ने उल्लेख गर्नुभयो । आफ्ना पार्टीको नेताले भ्रष्टाचार गर्दा चुप लागेर बस्ने राजनीतिक कार्यकर्ताहरूलाई अर्को पार्टीको नेताले भ्रष्टाचार गर्दा बोल्ने नैतिक आधिकार नरहने भट्टराईको भनाई छ ।

अर्को प्रसंगमा उहाँले नेपालको विकाशका लागि औद्योगिक पूँजीवादको नयाँ सिद्धान्त लागू हुनुपर्ने बताउनुभयो । संसारको शक्तिशाली पूँजीवादी राष्ट्र अमेरिकाले सिमामा पर्खाल लगाएर राज्य नियन्त्रित अर्थतन्त्र लागू गर्न खोज्नु र शक्तिशाली राष्ट्र चीनले खुल्ला बजार खोज्नुले पुँजीवाद र साम्राज्यवाद आफ्नो ठाउँमा नरेहेको डा. भट्टराईको भनाई छ । अमेरिका र चीनको अर्थनीतिको उदाहरणले पनि दुवै सिद्धान्तहरू पुराना भएकोले नयाँ औद्यौगिक पुँजीवादको आवश्यकता रहेको र त्ययसले मात्र नेपालको समृद्धि हुन सक्ने उहाँले तर्क गर्नुभयो ।

डा. भट्टराई माघ १५ गतेदेखि १ महिने जनसम्वाद यात्राको क्रममा मध्यपहाडी लोकमार्गले छुने जिल्लाहरूको भ्रमणमा निस्किनुभएको छ । पाँचथरको चिवा भञ्ज्याङबाट शुरु भएको नयाँ शक्ति पार्टी नेपालको यो यात्रा फागुन १५ गते बैतडीको झुलाघाटमा पुगेर सकिने छ । मध्यपहाडी लोकमार्गको अवलोकन, आसपासको जनजीवनको अध्ययन, समस्याको पहिचान र राष्ट्रिय जीवनका महत्वपूर्ण सवालमा आम नागरिकसंग प्रत्यक्ष संवाद गर्ने नयाँ शक्तिको योजना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू