अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०१ | Colorodo: 18:16

उत्पादनमुलक र रोजगारीका क्षेत्रमा लगानी गर्नुहोस् – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ फागुन ४ गते ८:२३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादनमुलक र रोजगारीका क्षेत्रमा लगानी गर्न बैंकहरूलाई सुझाव दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँग शनिबार बालुवाटारमा भएको भेटमा ओलीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्न र ब्याजदरमा लचिलो हुन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले उत्पादनमुलक,रोजगारीका अवसर सृजना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरूमा लगानी गर्न बैंक तथा उद्योगी ब्यवसायीहरुलाई सुझाव दिनुभयो । लगानी गरेपछि त्यसबाट अर्थतन्त्रमा केही न केही टेवा पुग्ने क्षेत्रमा लगानी गर्नुपर्ने आबश्यकतामा जोड दिंदै उहाँले त्यस्तो क्षेत्रमा गरेको लगानीको ब्याजमा पनि लचिलो हुन आग्रह गर्नुभयो ।

महासंघको टोलीले बैंक तथा वित्तिय संस्थाद्वारा घोषित चर्को ब्याजदर कारण निजी क्षेत्रलाई परेका समस्या र समाधानका लागि नेपाल सरकारले चाल्नुपर्ने कदमका सम्बन्धमा प्रधानमन्त्रीसँग साक्षात्कार गरेको हो । प्रधानमन्त्री ओलीले व्यवसायीको गुनासोका बारेमा बैंकहरूसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरलाई निर्देशन दिनुभएको छ । सो अवसरमा ओलीले सरकारले सबै क्षेत्रको एकाधिकार तोड्ने खुला प्रतिष्पर्धाको वातावरण बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । सरकार उद्योगी व्यवसायीका समस्या समाधान गर्न सदा सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिक्रिया