अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०९ | Colorodo: 06:24

घरबारमा बोलको गीत सार्वजनिक

बिआरटीनेपाल २०७५ फागुन ३ गते १२:३१ मा प्रकाशित

नव गायक कृष्ण कार्की र बिन्दु परियारको आवाजमा ‘घरबारमा’ बोलको गीत सार्वजनिक भएको छ । केही वर्ष यता गायन सम्बन्धी विभिन्न प्रशिक्षण लिई रहेका कृष्णको डेब्यु गीतमा आप जोडी अर्थात् पल शाह र आँचल शर्मा फिचर छन् । गीतमा मायामा आउने घरबार र खानदानको कुरालाई देखाइएको छ । गीतमा शब्द र सङ्गीत सन्तोष सुनारको रहेको छ ।

‘गीतलाई युवापुस्ताले मन पराउनु हुन्छ भन्नेमा विश्वत छु’ डेब्यु गायक कृष्ण भन्छन् ‘मेरो सपना आजबाट साकार भएको छ, आसा छ मैले देखेको सपनाको पथमा म सही छु भन्ने ।’ कृष्णले आफ्नै क्षमताले यहाँसम्म आएको बताए । गीतलाई राजीव समरले कोरियो ग्राफ गरेका हुन्, जसलाई रामकुमार केसीले छायाङ्कन गरेका छन् भने यसलाई निर्देशनसँगै सम्पादन पनि टेकेन्द्र शाहले गरेका छन् ।

 

प्रतिक्रिया