अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५३ | Colorodo: 19:08

सुन मालिक – रन्जु मार्ग

रन्जु मार्ग २०७५ फागुन ३ गते १२:२३ मा प्रकाशित

लघुकथा : 

+’ फेरी सुन बरामत भयो रे ‘

-‘कहाँ नि ?’

+’पश्चिम नेपालको एउटा जिल्लाबाट रे ‘

-‘कति किलो नि ?’

+’खै ,अठार किलो भन्छन् ‘

-‘अनि कसले लुकाएका रहेछन् त ?’

-‘प्रहरी र उनका भाइले रे ‘

-‘प्रहरीले ?अचम्म !! अनि के उनीहरूलाई पक्र्यो त ?’

-‘ पक्र्यो रे ।’

-‘सुन कसले बरामत गरेका रहेछन् त ?’

+’त्यही जिल्लाका सी .आई .जी र उहाँको समूहले रे ।’

-‘अनि कहाँ बाट आएको रहेछ त सुन, थाहा भयो ?’

+’रुपन्देही ,सुनौली नाकाबाट रे ‘

-‘सुनका मालिक को रहेछन् त ? थाहा भयो ?

+भन्नलाई त छिमेकी देशको नागरिक भन्छन् सुन मालिक तर ……

+’तर मलाई विश्वास लाग्दैन ।सुन को मालिक हाम्रै देश को हुनु पर्छ ‘

-को चाहिँ होला त ?’

+’ सार्वजनिक गर्न मिल्दैन रे’

-‘किन र ?’

+’उहाँ अहिले उच्च पदमा विराजमान हुनुहुन्छ रे ।‘