अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४७ | Colorodo: 19:02

हिरो गोल्डकप : नेपाल म्यान्मारद्धारा ३–१ गोल अन्तरले पराजित

बिआरटीनेपाल २०७५ फागुन ३ गते ८:५४ मा प्रकाशित

हिरो गोल्डकप फुटबल प्रतियोगितामा नेपाल म्यानमारसँग पराजीत भएको छ। भारतको उडिसास्थित कालिङ्गा रंगशालामा भएको खेलमा नेपाल म्यान्मारसंग  ३-१ ले पराजीत भएको हो। दक्षिण एसियाली फुटलबमा सधैँ उपाधिका लागि तगारो बन्दै आएको भारतलाई समूह चरणमै पराजित गरे पनि नेपालले फाइनलमा म्यानमारलाई पराजीत गर्न सकेन।

समूह चरणको पहिलो खेलमा पनि नेपाल म्यानमारसँग ३-० गोल अन्तरले पराजित भएको थियो। दोस्रो खेलमा आयोजक भारत र तेस्रो खेलमा इरानलाई पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको थियो। म्यानमार प्रतियोगिताको अपराजित टिम हो। उसले नेपालसहित आयोजक भारत र इरानलाई पराजित गरेको थियो। फाइनल खेलमा पनि नेपाललाई म्यानमारले पराजीत गर्‍यो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू