अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४२ | Colorodo: 23:57

सरकारको एक वर्ष निराशाजनक भएको विवेकशील साझाको निश्कर्ष

बिआरटीनेपाल २०७५ फागुन ३ गते ८:४४ मा प्रकाशित

विवेकशील साझा पार्टीले सरकारको एक वर्षे कार्यकाल निराशाजनक भएको निश्कर्ष निकालेको छ । विवेकशील साझाले आज एक विज्ञप्ति प्रकाशित गर्दै एक वर्षको अवधिमा सरकारले बाटो पहिल्याउन नसकेको टिप्पणी गरेको हो । विकास र पूर्वाधार निर्माणमा अलम र चरम नैराश्य भएको साझा विवेकशीलले जनाएको छ । भ्रष्टाचार चुलिएको, दण्डहीनताले प्रशय पाएको, अर्थतन्त्रका प्रमुख सूचकको संकेत नकारात्मक रहेको, निजी क्षेत्र र लगानीकर्तामा उत्साह नभएको विज्ञप्तिमा उल्लेख छ ।

सरकार लोकतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रता खुम्च्याउने गरी कानून निर्माण गरेको र वैदेशिक सम्बन्धलाई राष्ट्रहितमा डोर्याउन कुटनैतिक चातुर्यतामा पटकपटक चुकेको विवेकशीलको बताएको छ । सरकार गठनको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाईसहित पार्टीले सुझावसमेत दिएको छ ।

विगतको एकवर्षको गम्भीर समीक्षा गरी आगामी बाटो तय गर्न भन्दै विवेकशील साझाले प्रधानमन्त्री ओलीलाई अशोभनीय भाषा प्रयोग नगर्न र आलोचनालाई सकारात्मकरुपमा ग्रहण गर्न सुझाव दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू