अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१८ | Colorodo: 12:33

कोलोराडो दुर्घटनामा ज्यान गुमाएका मगर र तामाङको अन्तिम संस्कार सम्पन्न

बिआरटीनेपाल २०७५ फागुन ३ गते ८:४५ मा प्रकाशित

अमेरिकाको कोलोराडोमा सवारी दुर्घटनामा ज्यान गुमाएका यादव मगर र आशिष् तामाङको अन्तिम संस्कार गरिएको छ । उनीहरूको हिजो बिहीबार बिहान पार्कर र ड्राथमाउथको कर्नरमा अवस्थित होरन एण्ड म्याक कोनेटी फनेरल सर्भिसमा दाहसंस्कार गरिएको हो । मगरको हिन्दु र तामाङको बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिएको थियो ।

दाहसंस्कार कार्यक्रममा अधिकांश भुटानिज समुदायको उपस्थिति रहेको थियो भने नेपाली समुदायबाट पदम विश्वकर्मा, ज्ञानेन्द्र गदाल, साबु गदाल, दामोदर लुइँटेल, कमल घताने र शैलेश पोखरेल उपस्थित थिए । आयोजित अन्तिम संस्कार एवं श्रद्धाञ्जली कार्यक्रममा ग्लोबल भुटानिज कम्युनिटी कोलोराडोका अध्यक्ष सोम बरालले बिआरटी नेपालसँगको कुराकानीमा दिवङ्गत आत्माको चीरशान्तिको कामना सहित शोक संतप्त परिवार प्रति समवेदना प्रकट गरे ।

कार्यक्रमका एक जना बृद्दले नेपालीको सुःखदुखमा भुटानी नेपालीभाषीले सधैँ सहयोग गर्दै आएपनि भुटानीहरूको कार्यक्रममा नेपालीहरूको न्यून उपस्थित रहेको गुनासो गरेका थिए ।

मगर र तामाङको गत शनिवार बिहान साउथ च्याम्बर रोड र इस्ट ह्याम्डन एभेन्यूमा सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । मगर र तामाङ नेपाली भाषी भुटानी रहेका छन् । मृतक यादव स्थानीय एक स्टोरमा ३ महिना देखि कार्यरत थिए भने आशिष् अरोराको गेटवे हाइस्कुलमा ११ कक्षामा अध्ययनरत थिए ।

 

 

प्रतिक्रिया