अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०३ | Colorodo: 05:18

रुविनाको कप्तानीमा महिला क्रिकेट टोलीको घोषणा

बिआरटीनेपाल २०७५ फागुन ३ गते ८:४० मा प्रकाशित

आईसीसी वुमन्स एसिया कप छनोट ट्वेन्टी –ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि शुक्रबार नेपाली महिला टोलीको घोषणा गरिएको छ । थाइल्यान्डमा फेब्रुअरी १६ देखि २७ तारिखसम्म हुने प्रतियोगिताका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको हो । टोलीमा कप्तान रुबिनासँगै उपकप्तान सिता रानामगर, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, ईन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, अप्सरा बेगम, ममता चौधरी र बिन्दु रावल रहेका छन् ।

टोलीको मुख्य प्रशिक्षकमा विनोद दास, सहायक प्रशिक्षकमा निरा राजोपाध्याय तथा ब्यवस्थापकमा अमृता पौडेल र फिजियोमा सकुना धानी रहनुभएको छ । प्रतियोगिताका लागि चार जना अतिरिक्त खेलाडीको नाम पनि घोषणा गरिएको छ । जसमा रितुकुमारी कनुजिया, सुमन बिष्ट, अन्जली चन्द र डोली भट्ट समाबेश छन् । नेपाली महिला टोली शनिबार थाइल्यान्ड जानेछ ।

प्रतिक्रिया