अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०७ | Colorodo: 10:22

अमेरिकामा राष्ट्रिय आपतकाल लाग्दै, कांग्रेसलाई बाइपास गरी सीमा पर्खाल निर्माण गरिने

बिआरटीनेपाल २०७५ फागुन ३ गते ८:३८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय आपतकालको घोषणा गर्नु हुने भएको छ । । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पले चुनावी अभियानदेखि प्रतिबद्धता जनाउँदै आएको सीमा पर्खाल बनाउनका लागि सरकारी कोषबाट रकम जुटाउनका लागि राष्ट्रिय आपतकाल घोषणा गर्ने हुनुभएको जनाएको छ ।

ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा सीमा पर्खाल बनाउन चाहनुहुन्छ । अवैध रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासी रोक्नका लागि पर्खाल अत्यावश्यक रहेको र त्यसका लागि सरकारी कोषबाट रकम विनियोजन हुनु पर्ने ट्रम्पको अडान छ । यहि अडानका कारण गएका डिसेम्बरदेखि जनवरीसम्म ३५ दिन संघीय सरकारका आंशिक कार्यालयको काम ठप्प भएको थियो । डेमोक्रेटिक पार्टी सीमा पर्खालको विपक्षमा छ र त्यसका लागि सरकारी कोषबाट रकम खर्च गर्न नदिने अडानमा छ ।

संघीय सरकारी कार्यालयको कार्य सञ्चालनका लागि तीन हप्ताका लागि भएको सहमति शुक्रबार सकिँदैछ । राष्ट्रपति ट्रम्पले रिपब्लिकन र डेमोक्रेटिक पार्टीबीच सम्भावित सरकारी कामकाज ठप्प रोक्नका लागि भएको सहमति अनुसार सीमा सुरक्षा विधेयकमा हस्ताक्षर गर्दै हुनुहुन्छ । अमेरिकामा संकटकाल घोषणा भएको अवस्थामा राष्ट्रपति ट्रम्पले हाल सेना वा विपद् व्यवस्थापनका लागि छुट्याइएको बजेट पर्खाल परियोजनामा खर्च गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू