अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३८ | Colorodo: 11:53

कश्मीरमा ४२ सुरक्षाकर्मी मारिएपछि भारत पाकिस्तानसँग क्रुद्ध

बिआरटीनेपाल २०७५ फागुन ३ गते ८:३७ मा प्रकाशित

जम्मु – कश्मीरको पुलवालामा बिहीबार भएको अहिलेसम्मकै ठुलो आत्मघाती हमलामा आफ्नासुरक्षाकर्मी मारिएपछि भारत पाकिस्तानसँग क्रुद्ध बनेको छ । ४२ जनाको ज्यान जाने गरी भएको यो खतरानाक हमलापछि भारत पाकिस्तानविरुद्ध कारबाहीमा उत्रिएको हो । यस हमलापछि भारत–पाकिस्तानको सम्बन्ध अझै तनावयुक्त हुने अनुमान गरिएको छ ।

आक्रमणको बिषयलाई लिएर शुक्रवार प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा क्याबिनेट कमिटी अन सेक्युरिटी (सीसीएस) को बैठक बसेको छ । उक्त बैठकमा छिमेकी मुलुक पाकिस्तानविरुद्ध सबैभन्दा ठुलो कदम चालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले पाकिस्तानलाई दिएको मोस्ट फेवर्ड नेशन (एमएफएन) को दर्जा फिर्ता लिएको हो ।

बिहीबार दिउँसो जम्मुबाट श्रीनगर गइरहेको केन्द्रीय रिजर्भ पुलिस फोर्सको गाडीमा हमला हुँदा ४२ जना सुरक्षाकर्मी मारिएका थिए । करिब ७० वटा गाडीमा गइरहेका सुरक्षाकर्मी पुलवाला भन्ने स्थानमा पुग्दा हमला भएको थियो । हमलाको जिम्मेवारी पाकिस्तानमा आश्रय लिइएको भनिएको जैस–ए–मोहम्मदले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू