अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०४ | Colorodo: 09:19

आईतबारदेखि राजीनामा वा सेवा बहिष्कार गर्ने सरकारी चिकित्सकको भनाई

बिआरटीनेपाल २०७५ फागुन ३ गते ८:३४ मा प्रकाशित

पर्सी आइतबारदेखि आन्दोलनको स्वरुप फेरिने आन्दोलनरत सरकारी चिकित्सक संघले जनाएको छ । कर्मचारी समायोजन अध्यादेश चिकित्सक अनुकूल नभएको भन्दै पटक—पटक शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले माग सम्बोधनको बेवास्ता गरेपछि आईतबारदेखि ओपिडी सेवा बहिस्कार गर्ने वा सामुहिक राजीनामा दिने दुईमा एक हुने संघका केन्द्रीय अध्यक्ष डा.दिपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

कर्मचारी समायोजन अध्यादेश चिकित्सक अनुकूल नभएको भन्दै चिकित्सकले गएको आईतबार माघ २७ देखि दोस्रो चरणको आन्दोलनको कार्यक्रम सुरु गरेका थिए । दोस्रो पटकको शान्तिपूर्ण धर्ना सुरु गरेको आज ६ दिन बितिसक्दा पनि सरकारले चिकित्सकको मागलाई बेवास्ता गरेको कारण अब कडा आन्दोलनमा जाने सरकारी चिकित्सक संघको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू