अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३९ | Colorodo: 14:54

परिवर्तनलाई संस्थागत गर्न सरकार प्रयासरत छ – अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७५ फागुन ३ गते ८:३० मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनलाई संस्थागत गर्न सरकार प्रयासरत रहेको बताउनुभएको छ । माध्यमिक विद्यालय शिक्षक युनियन नेपालको राष्ट्रिय भेलाको आज काठमाडौंमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सरकारले राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने प्रयास गरिरहेको बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले शिक्षा र चेतनाबाट मात्र परिर्वतन सम्भव नहुने भन्दै शिक्षालाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । शिक्षालाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्दै लैजाने सरकारको नीति रहेको भन्दै उहाँले माध्यमिक तहका शिक्षकका समस्या समाधान गर्न सरकारले पहल गर्ने आश्वासन दिनुभयो । सरकारले एक बर्षभित्र राम्रा कामको सुरुआत गरेको उहाँको दाबी थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले सरकारको शिक्षा नीति प्रष्ट नभएको आरोप लगाउनुभयो । माध्यमिक विद्यालय शिक्षक युनियनको भेलाले शिक्षासम्बन्धी नयाँ आधारपत्र तयार पारेर सरकारलाई बुझाउने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू