अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

सरकारको एक वर्ष ढाँट्न र जनता झुक्काउने मै बित्यो – सभापति देउवा

बिआरटीनेपाल २०७५ फागुन ३ गते ८:२८ मा प्रकाशित

नेपाली कांग्रसेका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले एक वर्षसम्म जनतालाई ढाँट्ने काममात्र गरेको आरोप लगाउनुभएको छ । शुक्रबार भक्तपुर कांग्रेसले आयोजना गरेको विरोधसभामा बोल्दै देउवाले सरकारको एक वर्ष जनता झुक्काउने र ढाँट्नेमै बितेको बताउनुभयो ।

कांग्रेसको इतिहास सम्झाउँदै सभापति देउबाले लोकतन्त्रमाथि प्रहार गर्नेहरुलाई कांग्रेसले पाखा लगाउने चेतावनीसमेत दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमामात्र बजेटको ओइरो लगाएर पक्षपातपूर्ण व्यवहार गरेको आरोप पनि देउवाले लगाउनुभयो । कार्यक्रममा कांग्रेस नेताहरु, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू