अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३१ | Colorodo: 07:46

सरकारको एक वर्ष सामान्य, अपेक्षाकृत काम हुन सकेन – डा. बाबुराम भट्टराई

बिआरटीनेपाल २०७५ फागुन ३ गते ८:२६ मा प्रकाशित

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बर्तमान सरकारको एक वर्षे अबधि सामान्य भएको बताउनुभएको छ । जनताको आँखाबाट हेर्दा सरकारको एक वर्ष सामान्य रहेको उल्लेख गर्दै डा. भट्टराईले दुई तिहाइको सरकारले गर्नुपर्ने कामहरु भने अपेक्षाकृत रुपमा हुन नसकेको बताउनुभयो ।

पार्टीको जारी देशव्यापी जनसंवाद यात्राको दौरान पोखरा आउनुभएका संयोजक भट्टराईले संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशले शुक्रबार पोखरा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका उहाँले सरकार सुरुदेखि नै जनजिविकाका सवालमा चुकेको भन्दै नयाँ कार्यक्रम र योजना ल्याउन नसकेको टिप्पणी गर्नुभयो ।

नयाँ शक्ति पार्टी नेपालले असल राजनीति र समावेशी विकासका लागि जनसंवाद भन्ने नारा सहित देशब्यापीरुपमा मध्ये पहाडी लोकमार्ग वरपर विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ ।
यसैवीच, संयोजक डा. बाबुराम भट्टराईले पार्टीलाई रुपान्तरण गर्ने अभियानमा लागेको जानकारी बताउनुभएको छ । पार्टीको जनसंवाद यात्रालाई पोखरामा सम्वोधन गर्दै उहाँले देशमा नयाँ सोचको विकाश हुनुपर्ने आवश्यकता औंल्याउदै पार्टी रुपान्तरण अभियानमा लागेको स्पष्ट पार्नुभयो ।

देशलाई बदल्नको लागि राजनीतिकर्मीले जनता र आफ्नो देशलाई वुझ्न जरुरी रहेको डा. भट्टराईको भनाई थियो । फोहोर बनिरहेको देशको राजनीतिलाई जनतामाझ गएर शुद्धिकरण गर्ने अभियानमा नयाँ शक्ति पार्टी लागिरहेको उहाँले दावी गर्नुभयो । एक फरक प्रसंङ्गमा उहाँले पहाडी लोकमार्गका निर्माण उत्साहजनक रुपमा हुन नसकेको पनि बताउनुभयो । राष्ट्रिय गौरबको आयोजनालाई आशातीत ढंलले सरकारले संचालन गर्न नसकेको उहाँको भनाई थियो । यसअघि डा. भट्टराई पोखरा उदोग बाणिज्य संघले आयोजना गरेको एक संवाद कार्यक्रममा समेत सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू