अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०६ | Colorodo: 06:21

यस्तो बन्यो भियतनाममा खिचिएको लभ स्टेसनको गीत

बिआरटीनेपाल २०७५ फागुन २ गते २३:३६ मा प्रकाशित

काठमाडौँ, चलचित्र लभ स्टेसनको पहिलो पटक भियतनाममा छायाङ्कन गरिएको गीत घाम जुन चाहिँदैन…को भिडियो दर्शकमाझ ल्याइएको छ । जसमा लिली बिलीका जोडी चर्चित अभिनेता प्रदीप खड्का र दर्शककी प्रिय अभिनेत्री जसिता गुरुङको प्रेम सम्बन्ध देखाइएका छ । त्यसैले यस पटकको प्रणय दिवस (भ्यालेन्टाइन डे)मा प्रदीप र जसिताले आफ्ना प्रिय दर्शकलाई प्रेमिल गीत घाम जुन…उपहार दिएको बताएका छन् ।
आगामी २२ चैतबाट सिनेमा हलमा रिलिज हुने यो लभ स्टेसनको घाम जुन चाहिँदैन…को भिडियो बुढा सुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । दीपक शर्माको शब्द सङ्गीत रहेको यो गीतमा सुगम पोखरेल र रेश्मा पुन मगरको स्वर रहेको छ । 

यो गीतमा घाम जुन चाहिँदैन माया भए पुग्छ…भन्दै अभिनेता प्रदीप र अभिनेत्री जसिताले आ आफ्नो प्रेम भाव प्रस्तुत गरेका छन् । छायाङ्कनको हिसाबले गीतको भिडियो निकै सुन्दर बनेको छ । छायाङ्कनका लागि भियतनामको विश्वभर चर्चित लोकेशन दानाङ्ग, बाना हिल, ड्राईगन ब्रिज, हालम्बे, हानोई र इन्डोनेसियाको बालीमा यो गीतको छायाङ्कन गरिएको हो । यो लेकेशनमा दर्जनौँ हलिउड मुभीहरू छायाङ्कन भइसकेको प्रस्तुतिकर्ता गोविन्द शाहीले जानकारी गराए । गीतको माग अनुसार नै यो सुन्दर ठाउँमा छायाङ्कन गरिएको पनि शाहीले जानकारी गराए ।

यसै विषयमा अभिनेता प्रदीप खड्काले आज भ्यालेन्टाइन डे र यो गीत पनि लभ सङ भएकाले दर्शकलाई प्रणय दिवसको अवसर पारेर रिलिज गरेको जानकारी गराए । रिलिजको लागि अब ५१ दिन बाँकी भएकाले पनि प्रचारको क्रम यही गीतबाट सुरुवात गरिएको पनि उनले प्रकाश पारे ।  

यो पारिवारिकसँगै प्रेम कथासँगै ‘लस्ट एन्ड फाउन्ड’ स्टोरीमा आधारित रहेको अभिनेता प्रदीपले जानकारी गराए । अग्रज निर्देशक उज्ज्जल घिमिरेले बनाएको यो चलचित्र परिपक्व बनेको पनि उनले बताए,‘लिली बिलीबाट दर्शकले साह्रै माया गर्नु भएको जसिता र मेरो जोडीलाई एक पटक पुन उहाँहरूले लभ स्टेसनबाट त्यो भन्दा सार्थक रूपमा पर्दामा यहाँहरूले देख्न पाउनु हुनेछ ।’

यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डङ्गोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय यसमा छ ।

लभ स्टेसनलाई काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । आलोक शुक्लाको छायाङ्कन रहेको लभ स्टेसनमा शम्भुजित बास्कोटा, दीपक शर्मा, राजनराज सिवाकोटी र एलिश कार्कीको सङ्गीत छ । 

प्रतिक्रिया