अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०१ | Colorodo: 17:16

जाजरकोटमा बस दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ फागुन २ गते ८:४४ मा प्रकाशित

जाजरकोटको रिम्नामा यात्रुवाह बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको ज्यान गएको छ । बाँकेको नेपालगन्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ यात्रुबाहक बस भेरी नदीमा खस्दा उनीहरुको मृत्यु भएको छ । बिहीबार बेलुका जाजरकोटको भेरी नगरपालिका –१ को खलंगा रिम्ना सडक खण्डको पिपे नजिक बस भेरीमा खसेको हो ।

रुकुम प्रहरीका अनुसार ४ जनाको शव निकाली सकिएको छ । उद्धारका लागि घटना स्थलमा प्रहरी परिचालन गरिएको छ । घटनास्थलमा रुकुम पश्चिमको चाइना बगरबाट प्रहरी उद्धारका लागि खटिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । अहिलेसम्म उक्त बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन । यात्रुबहाक बसमा चलानी पूर्जी हेर्दा ८ जना यात्रु रहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू