अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४० | Colorodo: 06:55

उग्रवादीको आक्रमणमा कस्मिरमा १५ सुरक्षाकर्मीको मृत्यु

बिआरटीनेपाल २०७५ फागुन २ गते ८:३३ मा प्रकाशित

कस्मिरमा भीषण हमलामा १५ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । सुरक्षाकर्मीको बसलाई लक्ष्ति गराई भएको कारबम बिस्फोटको जिम्मा स्थानीय उग्रवादी समूहले लिएको छ । बिस्फोटक पदार्थले भरिएको कारबम बिस्फोटबाट दक्षिण कश्मीरको क्षेत्रीय रिजर्व प्रहरी बलका १५ जनाको मृत्यु भएको र धेरैजना घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बिहीबार दिउँसोको यो घटना पछिल्लो तीन वर्षकै ठूलो आतंकवादी आक्रमण हो । घटनाको जिम्मेवारी उग्रवादी समूहका जाश ई मोहम्मदले लिएका छन् । भारतीय प्रहरीले यो घटना आत्मघाती हमलाकारीले कार भाडामा लिएर गराएको अनुमान गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको सीआरपीएफका निरीक्षक जनरल जल्फुल्ज हसनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू