अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५६ | Colorodo: 02:11

उद्यमशीलताको विकास महत्वपूर्ण – राष्ट्रपति भण्डारी

बिआरटीनेपाल २०७५ फागुन २ गते ८:३२ मा प्रकाशित

राष्ट्रपति विद्या भण्डारीले मुलुकको आर्थिक विकासमा युवा उद्यमशीलताको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ । नेपाल उद्योग परिसंघ र विशाल ग्रुपले बिहीबार काठमाडौंमा संयुक्तरुपमा गरेको ‘नेपाल उद्यमशीलता सम्मेलन’मा राष्ट्रपति भण्डारीले देशभित्रै रोजगारी सिर्जना गर्न र बढ्दो व्यापार घाटा कम गर्न उद्यमशीलताको विकास महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

नवीन सोच भएका युवाहरुमा लगानी र उद्यमशील वातावरण बनाउन सक्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले मुलुक समृद्ध बनाउने अभियानमा सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । व्यक्तिगतभन्दा पनि राष्ट्र र जनताको पक्षमा उभिएर समृद्धिको अभियानमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले युवाहरुलाई उद्यमशीलताप्रति आकर्षित गर्न सम्मेलन आयोजना गरिएको बताउनुभयो । युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न पनि सम्मेलनले सघाउ र्पुयाउने भन्दै उहाँले युवा उद्यमीबाट नै देश समृद्ध बनाउन सकिने उल्लेख गर्नुभयो । सम्मेलनमा देशभरबाट आएका उद्यमीहरुको सहभागिता छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू