अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५३ | Colorodo: 17:08

इरानमा आत्मघाती बम हमला, २७ रिभोलुस्नरी गार्डको मृत्यु

बिआरटीनेपाल २०७५ फागुन २ गते ८:३० मा प्रकाशित

इरानको दक्षिण–पूर्वी भागमा भएको आत्मघाती बम हमलामा कम्तिमा २७ जना रिभोलुस्नरी गार्डको मृत्यु भएको छ । इरानी सरकारी संचारमाध्यमका अनुसार आक्रमणकारीले सिस्तान–बलुचिस्तान प्रान्तको खाश–जहेदान सडकमा रिभोलुस्नरी गार्डलाई बोकेको बसमा आक्रमण गरेका थिए । आक्रमणमा अन्य २० गार्ड घाइते भएका छन् ।

सुन्नी–मुस्लिम चरमपंथीले समुह जैश अल–अदहलले हमलाको जिम्मेदारी लिएको छ । सुन्नीहरुको अधिकारको पक्षमा लड्ने भन्दै यो समुहले सन् २०१२ देखि सशस्त्र संघर्ष गर्दै आएको छ । जैश अल–अद्ल समुहले शियातन्त्रले सुन्निहरुको साथ भेदभाव गर्दै आएको आरोप लगाएको छ ।

इरानको सरकारले भने यो घटनालाई पोल्यान्डको वार्सामा अमेरिकाको नेतृत्वमा मध्यपूर्वमा चलिरहेको सम्मेलनसँग जोडेको छ । यो सम्मेलनमा इरानको गतिविधिमा पनि छलफल हुने बताइएको छ । विदेशमन्त्री मोहम्द जवाद जरिफले एक ट्वीट गर्दै ‘वार्सामा सर्कस सुरु हुने दिन नै इरानमा आतंकवादी हमला हुनु संयोग मात्र नभएको टिप्पणी गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू